कांग्रेसकी नेतृ तथा सांसद छन्त्यालको निधन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कांग्रेसकी नेतृ तथा सांसद छन्त्यालको निधन



काठमाडौं- नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ।

बुधबार बिहान उनको उपचारका क्रममा काठमाडौंको शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको जनाईएको छ ।

एक साता अघि मुटुको भल्ब ब्लक भएपछि उनको मुटुको शल्यक्रिया गरिएको थियो। छन्त्याल मुटुमा समस्या देखिएपछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेशन गर्ने सम्बन्धी बैठकमा सहभागी हुन सकेकी थिइनन्।

उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित थिइन्। त्यसपछिको निर्वाचनमा कांग्रेसले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनाएको थियो।

छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन्। छन्त्यालको निधन भएपछि कांग्रेसको आजका लागि तय भएको केन्द्रीय कार्य समितिको बैठक र संसदीय दलको बैठक स्थगित गरेको चाह ।