ओली र प्रचण्ड-नेपाल समुहका छुट्टाछुट्टै तयारी - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

ओली र प्रचण्ड-नेपाल समुहका छुट्टाछुट्टै तयारी



काठमाडौ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नै विघटन गराएपछि नेकपामा थप विवाद चर्किएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिँदै नेकपा विवाद साम्य पार्न ओली तयार भएको सन्देश गएको दुई दिनमा नै ओलीले प्रतिनिधिसभा नै विघटन गराएपछि नेकपा विभाजनको चरणमा पुगेको छ । यसअघि हिजो नै ओलीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने निर्णय नेकपाले गरिसकेको छ ।

२०७४ असोज १७ मा चुनावी गठबन्धन गर्दै २०७५ को जेठ ३ मा पार्टी एकता घोषणा गरेका तत्कालिन एमाले र तत्कालिन माओवादी अन्ततः एकता प्रकिया नटुंगिदै विभाजनको संघारमा पुगेका हुन् ।

आइतबारको घटनाक्रमपछि दाहाल नेपाल समूहको प्रतिनिधित्व गर्ने थापा र भट्टबाहेक सात मन्त्रीले राजीनामा दिएका छन् । इतर समूहले उक्त निर्णय गरेको बाहिरिएसँगै ओलीले आफू पक्षीय विघटित प्रतिनिधिसभाका सदस्य तथा राष्ट्रियसभा सदस्यहरूलाई आज बालुवाटार डाकेका छन् ।

यता दाहाल नेपाल समूह अब ‘वारपार’ को तहमा पुगेको छ । उक्त समूहले आजै संसद भवनमा विघटित प्रतिनिधसभा सदस्यहरूको भेला डाकेको छ ।

ओलीइतरका सदस्यहरूलाई डाकिएको उक्त भेलामा विशेषाधिकारमार्फत प्रतिनिधिसभा जगाउनेदेखि लिएर न्यायालयमार्फत र सडक मार्फत ओलीसँग लड्ने योजना बनाउने तयारी गरेको छ ।