अब अमेरिकामा कोरोना परिक्षण नै छुट्टै विधिबाट - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अब अमेरिकामा कोरोना परिक्षण नै छुट्टै विधिबाट



काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमण परिक्षण छुट्टै विधिबाट हुने बताएका छन्

शनिबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा उनले अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन ‘ब्लड बेस्ड सेरोलोजी’ टेस्ट शुरू गर्ने तयारी भइरहेको बताएका छन्।

ट्रम्पले अमेरिकामा हालसम्म २० लाखभन्दा बढी मानिसको कोरोना परीक्षण गरिएको जानकारी दिए।

‘आउने दिनमा हामी अमेरिकामा ब्लड बेस्ड सेरोलोजी टेस्ट पनि शुरू गर्ने योजनामा छौं,’ ट्रम्पले भने, ‘यसबाट अमेरिकीहरुले आफू संक्रमित छ किन छैन वा आफ्नो रोग प्रतिरोधी क्षमता कस्तो छ भनेर निर्धारण गर्नेछन्।’

ट्रम्पले देशमा लगाइएको प्रतिबन्ध स्थिति सामान्य नभएसम्म कायम रहने पनि स्पष्ट पारे।

त्यसैगरी ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिइरहेको सहयोग रोक्ने सम्बन्धी घोषणा अर्को हप्ता गरिने जानकारी दिए। संगठनले चीनको पक्ष लिएको ट्रम्पको आरोप छ।

पत्रकार सम्मेलनमा अमेरिकी सर्जन जनरल डाक्टर जेरोम एडम्सले कोरोना भाइरसबाट अल्पसंख्यक अमेरिकी सबैभन्दा बढी प्रभावित भएको बताए।

‘अफ्रिकी अमेरिकीहरुमा तुलनात्मक रूपमा युवावस्थामै उच्च रक्तचापको समस्या देखिन्छ,’ उनले भने।