कपिलबस्तुमा छोटकी बहिनी कार्यक्रम संचालन - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

कपिलबस्तुमा छोटकी बहिनी कार्यक्रम संचालन



कपिलवस्तु । बालिका शिक्षालाई सहयोग पुर्याउनका लागि कपिलवस्तुमा छोट्की वहिनी खातिर शिक्षा अर्थात बहिनी शिक्षाका लागि दिदी कार्यक्रम शुरु भएको छ । शिक्षाबाट बञ्चित भएका बालिकाहरूलाई विद्यालयमा नियमित शिक्षा प्रदान गर्नका लागि जिल्लाको मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकका २४ वटा विद्यालयमा कार्यक्रम संचालन गरिएको हो ।

युरोपियन युनियन र उईओल्र्डको आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालय, ग्लोवल एक्सन नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा संचालित कपिलवस्तुमा समता र पहुँचका लागि साझेदारी परियोजनामार्फत छोटकी बहिनी खातिर शिक्षा कार्यक्रम शुरु भएको ग्लोवल एक्सन नेपालका टिम लिडर नारायण घिमिरेले बतातए ।

छात्राहरूलाई विद्यालय पहँुचसम्म पुर्याउनका लागि ७२ जना बड्की दिदी अर्थात ठूलीदिदी परिचालन परिचालन गरिएको छ । कार्यक्रमको माध्यमवाट ठूलीदिदीहरूले २४ वटा विद्यालयका कक्षा ३ देखि ५ सम्मका २ सय ८८ जना विद्यालय बाहिर रहेका बालिकाहरूलाई विद्यालयमा नियमित गराउने, उनीहरूलाई विद्यालयमा टिकाई राख्नमा सहयोग गर्ने र नियमित परामर्श गर्ने कार्यक्रमका शिक्षा एवं वाल संरक्षण प्रमुख यादव भुुसालले जानकारी दिए ।

शिक्षाबाट बन्चित भएका बहिनीहरूको लागि दिदीहरूले बहिनीलाई नियमित भेटघाट गर्ने, बहिनीको अभिभावकहरूसंग नियमित छलफल गर्ने तथा उनीहरूलाई नियमित शिक्षा हासिल गर्न सघाउनका लागि बाटो देखाउने कार्य गर्ने भुसालले बताए ।

यसका लागि कार्यक्रमले विद्यालयसंग सहकार्य गरी कार्य संचालन गर्ने भएको हो । दिदीहरूले आफ्नो विद्यालय सेवा क्षेत्र भित्र रहेका बहिनीहरूलाई पायक परेको समयमा भेटघाट गर्ने, पढाईका लागि उत्प्रेरित गर्ने खालका कार्यक्रमहरू संचालन गर्ने बताइएको छ । परियोजनाले दिदीहरूलाई नियमित कार्य गर्नको लागि प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरी परिचालन गर्ने भएको छ ।

यसरी परिचालन हुने ठूलीदिदीहरूलाई मंगलबार देखि ६ दिने मेन्टोरिङ तालिम शुरु गरिएको छ । तौलिहवामा संचालन गरिएको तालिमको जिल्ला समन्वय समितिका उपाध्यक्ष तारावती चौधरीले उद्घाटन गरिन् । उपाध्यक्ष चौधरीले जिल्लामा वालिका शिक्षाको अवस्था कमजोर भएको र छोरीको शिक्षाका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

सो अवसरमा सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष सूर्यकुमारी शाही, परियोजना प्रबन्धक सुवास यादवले मन्तव्य दिएका थिए । । तालिमलाई शिक्षा एवं बाल संरक्षण प्रमुख यादव भुसाल, टिमलिडर नारायण घिमिरे, स्रोत प्रशिक्षकहरूले सहजीकरण गरेका थिए ।