पूर्णकला बि सीको आवाजमा टिका जैसीको 'छोरीको वेदना' सार्वजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

पूर्णकला बि सीको आवाजमा टिका जैसीको ‘छोरीको वेदना’ सार्वजनिक ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

छोरीका वेदना समेटिएका थुप्रै गीतहरू एक पछि अर्को गर्दै सार्वजनिक हुने क्रम चलिएको बेला अहिले सम्मकै फरक आमा छोरीको कथा लिएर तयार पारिएको “ छोरीको वेदना” नामक लोक गीत केही दिन अगाडि मात्र सार्वजनिक सँगै चर्चमा रहेको छ ।

दुर्गा जैसीको प्रस्तुतिमा सार्वजनिक भएको गीतमा चर्चित गायिका पूर्ण कला बि सीको आवाज रहेको छ भने उक्त गीतमा शब्द सङ्गीत सङ्गीतकार शिव हमालको रहेको छ ।

बि स्टार फिल्म्स प्रा.लीको ब्यानरमा निर्माण भएको सोही गीतको भिडियोमा टिका जैसी सँगै स -परिवारको अभिनय रहेको छ। विक्रम चौहानको निर्देशनमा रहेको भिडियोमा प्रकाश खड्काको छायाङ्कन , मिलन बि.क.को सम्पादन र सन्तोष चौहानले पोस्टर डिजाइन गरेका छन् । बि स्टार फिल्म्स को युट्युब मार्फत सार्वजनिक भएकै गीतको कथा बस्तु निकै मार्मिक रहेको छ ।