छोरी जन्मे एक लाख रुपैयाँको बिमा - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

छोरी जन्मे एक लाख रुपैयाँको बिमा



काठमाडौं । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्न भएको छ । बेटी बचाऊ, बेटी पठाउ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिकाका लागि शिक्षा बिमा कार्यक्रम शुरु भएको हो ।

२० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन् । यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ ।
लामो समय मधेसमा छोरीहरुले चरम विभेद सहँदै आएका छन् ।

छोरीको जन्ममा आमाबाबुसमेत खुसी नहुने अवस्था थियो । त्यही संस्कारलाई बदल्न प्रदेश सरकारले बेटी बचाऊ, बेटी पढाउ कार्यक्रम अघि सारेको छ । समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।