छोराछोरीलाई निजी विद्यालयमा पढाए कर्मचारीको तलब काटिने - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

छोराछोरीलाई निजी विद्यालयमा पढाए कर्मचारीको तलब काटिने



रासस । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ ।

गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत रकम कटौती गर्ने भएको हो ।

कटौती गरिएको रकम गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरिने बताइएको छ । अध्यक्ष जीतबहादुर राईका अनुसार शिक्षामा भएको असमानतालाई न्यूनीकरण गर्न यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

शिक्षकले सरकारी विद्यालयमा पढाउने तर सरकारीबाट कमाएको रकमबाट आफ्ना छोराछोरी निजीमा पढाउने कार्यले सरकारी विद्यालयप्रति विश्वास घटेकाले पनि यस्तो निर्णय गर्नु परेको बताइएको छ । विद्यालयहरूमा खेताला शिक्षक राख्नसमेत प्रतिबन्ध लगाइएको छ । खेताला शिक्षक राखिएको पाइएमा निलम्बन गरिने राईले जानकारी दिए ।