तरुण नेतृत्वमा छिरीङ लामाको दाबी - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

तरुण नेतृत्वमा छिरीङ लामाको दाबी



काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेसन सम्पन्न भईसकेको छ र नंया नेतृत्व पनि पाइसकेको छ । अहिले कांग्रेसका भातृ संगठनको नंया नेतृत्व चयनले बजार तातेको छ । गत फागुन ३ मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशन हुन नसकेका नेविसंघसहित १० भ्रातृ संस्थाको केन्द्रीय समिति विघटन गरी तदर्थ समिति गठनको निर्णय गरेको थियो ।

कार्यसम्पादन बैठकले आवश्यक परामर्श गरी तदर्थ समिति गठनको जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । सोही अनुसार नेपाल तरुण दलको नेतृत्वमा आकांक्षीहरूको चर्चा चुलिएको छ । अबको तरुण दलको नेतृत्व लिन छिरीङ लामाले आफुलाई बलियो दावेदारको रुपमा प्रस्तुत गरेका छन् ।

उनी अहिले नेताहरुसँगको लविङमा छन् र सबै शिर्ष नेताहरु पनि लामा प्रति सकरात्मक भएको बताइन्छ । तरुण दलका संस्थापक अध्यक्ष तथा हालका गृहमन्त्री बालकृष्ण खांण पनि नेतृत्वका दाबेदार लामाप्रति सकरात्मक छन् । लामा तरुणको शुरुवाती राजनिति देखिनै खाँण निकट मानिन्छन् ।

निरन्तर एक दशकभन्दा बढि तरुण दलमा रहेर काम गरीसकेका लामा कर्णाली प्रदेशका लोकप्रीय युवानेता पनि हुन् । विकट जिल्ला हुम्लाको पुरानो नेपाली कांग्रस विरासत परीवारबाट राजनिति सुरुवात गरेका लामा अधिराज्यभरका युवाहरुमा लोकप्रीय र चिरपरिचित छन् । उनले तरुण पुर्व अध्यक्ष उदय शमसेर राणाको पालामा सक्रिय भुमिका निर्वाह गरी ४० भन्दा बढि जिल्लाको अधिवेशन गर्न पप्रत्यक्ष सहयोग गरेको थिए । उनले बर्तमान अध्यक्ष जीतजंङ बस्नेत कार्यकालमा पनि सक्रिय बनेका थिए ।

लामा भन्छन्, सात दशकभन्दा लामो संघर्षको इतिहास बोकेको नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी हो । अहिले भर्खर हामीले १४ औँ महाधिवेसन सफल गरी फेरी पनि सवल, सक्षम तथा अनुभवी नेतृत्व शेर बहादुर देउवालाई सभापति पाएका छौँ । अब अहिले कांग्रेसका भातृ संगठनको नेतृत्व चयन तथा कमिटी निर्माणमा माहोल तातेको छ ।

नेपाल तरुल दलको नेतृत्वमा सबैभन्दा बलियो दावेदार म छिरीङ लामा हो । म नेपाली युवाहरुको ढुकढुकी नेपाल तरुण दललाई नेतृत्व लिएर फेरी तरुण दललाई चलाएमान, बलियो, उर्जाशील तथा नेपाली कांग्रेसको मेरुदण्ड बनाउनेछु र अबको चुनाबमा नेपाली कांग्रेसले लिएको विकास र सम्बृद्धीको नारालाई जनतामाझ पुर्याउन ७७ जिल्लामा तरुण अघि बढाउनेछु ।