जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत सुबेदीमाथि छुरा प्रहार - Himal Post Himal Post
  • ७ बैशाख २०८२, आईतवार
  •      Sun Apr 20 2025
Logo

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत सुबेदीमाथि छुरा प्रहार



रामेछाप :जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि गए राति अाफ्नै निवासमा सुतिरहेको बेलामा छुरा प्रहार भएको छ ।

मन्थली १ मच्छेडाँडीमा रहेको सुवेदी आफ्नै निवासमा बसिरहेको बेलामा उक्त घटना भएको हो । सुवेदीको पेटमा छुरा प्रहार भएको छ । घटना पछि तत्कालै उद्धार गरी तामाकोसी सहकारी अस्पतालमा ल्याइएको र त्याहा प्राथमिक उपचार पछि धुलिखेल अस्पताल पठाइएको अस्पतालले जनाएको छ।

सुबेदिकाे धुलिखेलअस्पतालमा रातिनै शल्यक्रिया भएको छ । अस्पतालले आन्द्रा काटिएको जनाएका छन् । उनी खतरा मुक्त रहेको धुलिखेल अस्पतालले जनाएको नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले जानकारी दिनुभयो ।

फेसबुक चलाएर बसिरहेको बेला मुखमा माक्स लगाएर अाएकाे व्यक्तिले उनलाई छुरा राेपेकाे थियो । उनलाई प्रहार गरिएको छुरा फेला परेको परिवारले जनाएका छन् । घरको माथिल्लो तलामा रहेका सुवेदीलाइ छुरा प्रहार गर्ने व्यक्ति बरन्डाबाट हाम फालेर फरार भएका थिए ।