छत्रदेवमा राशिप भवन शिलन्यास, सयौं नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

छत्रदेवमा राशिप भवन शिलन्यास, सयौं नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश



समीर प्रकाश पाण्डे

अर्घाखाँची छत्रदेव -४ केरुङ्गामा राशिप स्मृति प्रतिष्ठानको आयोजनामा महान् सहिदहरू स्व. राममणि ज्ञवाली, स्व. शिवलाल पोख्रेल र स्व. पद्मचन्द श्रेष्ठ को सम्झनामा निर्मित शालिक अनावरण तथा भवन शिलन्यास कार्यक्रम हिजो एक भव्य समारोहका बिच सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा नेता नेपाली काँग्रेस का केन्द्रीय सदस्य गगन कुमार थापा सहितका केन्द्रीय नेताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा छत्रदेव गाउँपालिका वडा नं. १ बाट तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचित वडा सदस्य जैनुल मियाँ सहित करिब १सय २५ जना नेता तथा कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।