छत्रदेव गाउँपालिका सम्बृद्ध बनाउने सपनालाई सफल बनाउन सबैसंग सहयोगको अपेक्षा:पोख्रेल - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

छत्रदेव गाउँपालिका सम्बृद्ध बनाउने सपनालाई सफल बनाउन सबैसंग सहयोगको अपेक्षा:पोख्रेल



घनश्याम पौडेल ,अर्घाखाँची, २० असार

छत्रदेव गाउँपालिकाका निर्वाचित अध्यक्ष लेखनाथ पोखरेलले चुनावका बेला उम्मेदवारको रुपमा मतदातासित भोट माग्न जादा आफुले गरेको वाचा र प्रतिवद्धताको कार्यान्यवन र भोट माग्दा बोलेका विकास योजनाको प्रतिवद्धता र आश्वासन क्रमागत रुपमा पुरा गर्ने बताए ।
रिपोर्टस क्लब नेपाल अर्घाखाँची शाखाले गरेको साक्षात्कारमा पोख्रेलले उहाले ५ वर्षभित्र छत्रदेव गाउपालिका सम्बृद्ध बनाउने आफनो सपनालाई सफल बनाउन सबैसग सहयोगको अपेक्षा गरेको बताए ।कृषिमा आधुनिकीकरण, पर्यटनको विकासको लागि पूर्वाधार बनाउने, शीपमुलक तालिम सञ्चालन गरेर विदेशीने युवालाई स्वदेशमै स्वरोजगार बनाउने उहाले बताए । सडक, खानेपानी, विद्यतु लगायत सबै विकासका काम गर्न लागि पर्ने बताए ।

निर्वाचित गापा उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठले महिलालाई सीपमुलक तालिम दिएर आम्दानीको स्रोतको लागि काम गर्ने बताईन । उनले भोट माग्दा जनतासग गरेको वाचा पुरा गर्न र गाउटोलको विकासमा सबै जनप्रतिनिधि एकढिक्का भएर लागेमा नमुना गाउपालिका बनाउन सकिने बताईन ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राजेशकुमार पंथी, ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, ४ नम्बर वडा सदस्य लक्ष्मी पौडेल, ६ की सदस्य सुन्तली विक, वडा सदस्य कृष्ण पौडेल, २ वडाका सदस्य संम्शेरदिन मिया, शिक्षक कृष्ण खत्री, नेत्रप्रसाद पोखरेल, कैलाश कुमार श्रेष्ठ, मानबहादुर पोखरेल, अमृत पंथी, दिपेन्द्र श्रेष्ठ, सावित्रा पौडेल, सन्तोष पोखरेल, कृष्णबहादुर दर्नाल, विमला विश्कर्मा, सफिता साह लगाएतले गाउँपालिकालाई समृद्ध बनाउन सवै लाग्नुपर्ने बताए ।  कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र उपाध्यक्ष वीरेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।