चौतर्फी दवाव बढेपछी नेतृ झाँक्रीलाई छाड्ने तयारी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

चौतर्फी दवाव बढेपछी नेतृ झाँक्रीलाई छाड्ने तयारी



काठमाडौं- चौतर्फी दवावका कारण नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आजै छाड्ने तयारी प्रहरीले गरेको छ ।

बिहिबार बिहान पक्राउ परेकी झाँक्रीलाई महानगरीय अपराध महाशाखाले छाड्ने तयारी गरेको हो । चौतर्फी दवाव बढ्दै गएसँगै उनको पक्राउ झनै प्रत्युत्पादक हुने देखिएकोले सरकारले उनलाई छाड्ने तयारी गरेको हो ।

प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीलाई आजै छाड्ने तयारी भएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीसँग लिखित जवाफ माग गरिएको छ ।

झाँक्रीले लिखित जवाफ दिएपछि रिहा गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ ।