छाडा गीत सङ्गीतको खुलेर विरोध गर्नुस् :मन्त्री अधिकारी - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

छाडा गीत सङ्गीतको खुलेर विरोध गर्नुस् :मन्त्री अधिकारी



काठमाडौं/समीर प्रकाश पाण्डे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना मंगगलबार देखि सुरु भएको खुल्ला अर्ना लोक दोहोरी गीत प्रतियोगिताको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री रवीन्द्र अधिकारीले गरेका छन् ।

कार्यक्रममा बोल्दै अधिकारीले संस्कृतिमा भित्रिएको विकृतिलाई निरुत्साहित पार्न बलियो सेन्सरको आवश्यकता रहेको बताएका छन् ।

नेपाली मौलिक संस्कृतिको जर्गेना गर्नको लागि प्रतिष्ठानसँग मिलेर काम गर्न तयार छु, गीत सङ्गीतलाई मौलिक बनाउनुहोस्, जन जीवनका दृश्यहरू गीतमा देख्न र हेर्न मिल्ने बनाउनु पर्छ, छाडा गीत सङ्गीतको खुलेर विरोध गर्नुस्, आफैलाई लाज लाग्ने गीतहरूलाई रोक्नुपर्छ, दुनियाँमा सबैले आफ्नो संस्कार बनाउन कति दुःख गरेका हुन्छन् हामीले नसक्ने हुन्छ ? अब यस क्षेत्रको संरक्षण सम्वद्र्धन र विकृतिको अन्त्य गर्नको लागि गतिलो सेन्सरको स्थापना गर्ने गृहकार्यमा जुटाँ, लोक दोहोरी मात्रै गीत होइन म सबैको गीतलाई माया गर्छु, कसैले रवीन्द्र अधिकारी दोहोरी गीतको मान्छे हो भन्नु हुन्छ वास्तवमा त्यसो होइन।’

उनले अघि थपे,‘मन परेको काम गर्न कुनै गाह्रो हुँदैन, रमाइलो जिन्दगी ज्यानको लागि लोक संस्कृतिको छायाँमा पुग्नुपर्छ, पहिले पहिले लोक गीतलाई पंचहरुको गीत भन्थ्यो हामीले नै बहुदलको, नेपाल र नेपालीको साझा गीत बनाएका हौ, अबका दिनमा यसको रक्षा गर्नको लागि काम गर्नुपर्छ ।’

मन्त्री अधिकारीले प्रतिष्ठानको जमिनको लागि प्रयास गर्ने र घर बनाउनको लागि आफूलाई सदस्य बनाउन समेत आग्रह गरेका छन् ।

उनले भने,‘म जिम्मेवार निकायमा आएको छु, धेरै दुःख गरेर कानुनमै रचनालाई बौद्धिक सम्पत्तिको रूपमा स्थापना गरेका छौँ, अब त्यसलाई व्यवहारमा उर्तान तिर लाग्नुपर्छ, बाआमाले कमाएको घर जमिन कुनै सम्पत्ति होइन, खासमा प्रतिभा नै सबैभन्दा महोत्वपूर्ण सम्पत्ति हो, सबै भन्दा सन्देश मुलुक र सबै भन्दा क्षमतावान विधा भनेकै लोक गीत हो, यसको विकास र संरक्षणको लागि यस भन्दा पहिले पनि साथ दिएकै हुँ, अबका दिनमा गीत सङ्गीतसँग नजिक रहेर काम गर्ने सङ्घ सस्थाहरुको साथ सहयोगमा नेपालको संस्कृतिको रक्षा र मौलिक बनाउनको लागि निरन्तर लाग्नेछु।’

त्यस्तै प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझीले संस्था १७ वर्षको हुँदासम्म पनि सरकारी निकायबाट उचित किसिमको साथ सहयोग नपाएको टिप्पणी गरेका छन् ।

उनले भने,‘लोक तथा दोहोरी गीत झ्वाक तन्नेरी भयो तर राज्यले कुनै उचित किसिमको व्यवस्था गरेन गीत सङ्गीत क्षेत्रकै व्यक्ति आजको दिनमा मन्त्री बन्नु भएको छ, अबका दिनहरूमा लोक गीतको जर्गेना गर्न र गल्ती गर्नेहरुलाई कारबाही गर्नको लागि उचित निकायको स्थापना हुनेछ, राज्यको सामुन्नेमा दुई प्रकारका गीतहरू छन्, एउटा बचाउनु पर्ने अर्को हटाउनु पर्ने वा कानुनी रूपमा उपचार गर्नु पर्ने, यी गीतहरूको बारेमा रवीन्द्र अधिकारी ज्यूले राम्ररी बुझ्नु भएको छ, हामीले पनि यही आशा गरेका छौँ।’

प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा पदाधिकारी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । ‘हामी सबैको रहर, प्रतिष्ठानको आफ्नै घर’ भन्ने मुलनाराको साथ सुरु भएको उक्त प्रतियोगिता चैत १७ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।