छवि र शिल्पालाई पक्राउ पुर्जी - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

छवि र शिल्पालाई पक्राउ पुर्जी



काठमाडौं- पछिल्लो समय निकै बिबादमा आएका फिल्म निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

बुधबार बहुविवाह मुद्दा दर्ता गर्दै अदालतले पक्राउ पुर्जी जारी गरेको हो। उनीहरु दुबैविरुद्ध पक्राउ पुर्जी आइसकेको पुष्टि गर्दै महानगरीय प्रहरीले दुबैलाई पक्राउ गरी अनुसन्धान गरिने बताए। 

छबिकी पहिली पत्नीले हेमा ओझाले उनीहरु विरुद्ध बहुविवाहको निवेदन दायर गरेकी थिइन्।

सोही निवेदन उपर मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरिएको हो।