६ बुँदाको बदलामा ६ बुँदा नै फर्काउने तयारी - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

६ बुँदाको बदलामा ६ बुँदा नै फर्काउने तयारी



काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतामा आउन खनाल–नेपाल समूहलाई आग्रह गर्दै ६ बुँदे सर्त राखेपछि खनाल-नेपाल समुहले पनि त्यसको जवाफ तयार गर्दैछ ।

नेपाल समुहले पनि प्रधानमन्त्री ओलीलाई ६ बुँदामै जवाफ फर्काउनेतयारी गरेको छ । आइतबार ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । सोही प्रस्तावबारे साझा धारणा बनाउन आज उक्त समूहको स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकपछि नेताहरूले उनले राखेको प्रस्तावमा लिखित जवाफ दिने भएको हो । त्यसको तयारी भइरहेको एक नेताले जानकारी दिए ।

ओलीले आइतबार साँझ जारी गरेको प्रस्तावमा आफू जेठ ३ अघिको अवस्थामा फर्कन तयार भएको बताएका थिए । तर, उनले खनाल–नेपाल समूहले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दायर गरेको रिटको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सारेका छन् ।