चेक अनादर मुद्दामा राई पक्राउ
काठमाडौं । चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अपराध महाशाखाले बालाजु बहोराटार बस्ने कल्यानप्रसाद राईलाई पक्राउ गरेको छ । राईलाई अपराध महाशाखाको प्रहरी टोलीले मंगलबार बालाजु बाट पक्राउ गरेको हो ।
चेकबाट रकम कारोबार गर्ने प्रचलन बढेसँगै बाउन्स भएको चेक दिएर फरार हुनेहरुको संख्या पनि बढदो छ । यसै क्रममा ३ लाख बिगो रकम नतिरी फरार रहेका राईलाई काठमाडौं जिल्ला अदालतको २०७३ को फैसाला अनुसार अपराध महाशाखाले पक्राउ गरेको हो । राईले बिगो रकम शम्भु श्रेष्ठलाई तिर्नुपर्ने रहेको छ ।
थप आवश्यक कानुनी कारवाहीको लागि राई सम्मानित काठमाडौं जिल्ला अदालत पठाईएको छ ।
फाइल तस्विर