डु प्लेसिस र शेन वाट्सनले पञ्जावको दोहोलो काडेपछि - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

डु प्लेसिस र शेन वाट्सनले पञ्जावको दोहोलो काडेपछि



काठमाडौं- युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को १८ औँ खेल निकै रोचक बन्यो । चेन्नई सुपर किङ्स र किङ्स इलाभेन पञ्जावबीच भएको उक्त खेलमा चेन्नईको एउटापनि विकेट गिरेन ।

जारी १३ औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले किङ्स इलाभेन पञ्जावलाई १० विकेटले पराजित गर्दै दोस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा चेन्नईले दोस्रो जित निकालेको हो । दुबई क्रिकेट मैदानमा पञ्जावले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे ।

प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।

पञ्जावको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । निकोलस पुरन ३३ रन जोड्दा आउट भए ।

यस्तै मन्दिप सिंहले २७ तथा मायांक अग्रवालले २६ रन बनाए । सर्फराज खान १४ रनमा अविजित रहदा गले म्याक्सवेल ११ रनमा अविजित रहे ।

चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए । रविन्द्र जडेजा र पियुस चावालाले एक एक विकेट लिए ।

जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा समेत उक्लिएको छ । पञ्जावले ५ खेलमा २ अंक जोडेको छ । पञ्जाव अंक तालिकाको पुछारमा रहेको छ ।