दिल्लीलाई हालसम्मकै उच्च २१२ रनको टार्गेट
काठमाडौं /चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेविल्स बिच चलिरहेको आइपिएल क्रिकेटमा चेन्नईले यो सिजनकै उच्च रन बनाउँदै दिल्लीलाई २१२ रनको टार्गेट दिएको छ ।
महाराष्ट्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा पहिले ब्याटिंग गरेको चेन्नईले सुरुवात देखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो भने खेलभर नै छक्काको वर्षा गराएको थियो ।
चेन्नईले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २११ रन बनाएको थियो ।