चेन्नईलाई १५२ रनको लक्ष्य : राजस्थानको खेल मध्यम - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

चेन्नईलाई १५२ रनको लक्ष्य : राजस्थानको खेल मध्यम



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा घरेलु टोली राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई जितका लागि १५२ रनको लक्ष्य दिएको छ ।

जयपुरस्थीत सवाई मानसिंह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ गुमाएर १५१ रन बनायो ।

राजस्थानका लागि बेन स्टोक्सले २८ रन जोड्दा जोस बट्लरले २३ रन जोडे ।

राजस्थानविरुद्ध मैदान उत्रदा शीर्ष स्थानको चेन्नई आफ्नो जितको यात्रालाई कायमै राख्न चाहन्छ । जारी सिजन उत्कृष्ट खेलिरहेको चेन्नईले ६ खेलबाट १० अंक जोडेको छ ।

यस सिजनको पहिलो भेटमा चेन्नईले राजस्थानलाई ८ रनले हराएको थियो । चेन्नई घरेलु मैदानमा निकालेको उक्त जितलाई कायम राख्न चाहन्छ ।

यता, राजस्थान भने चेन्नईविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । राजस्थानलाई प्ले अफ यात्रा जीवित राख्न पनि चेन्नईविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।

पाँच खेलमा २ अंक जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।