धोनीको टिमको लगातार तेस्रो जित : राजस्थान यसरी भयो पराजित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

धोनीको टिमको लगातार तेस्रो जित : राजस्थान यसरी भयो पराजित



एजेन्सी । साबिकको विजेता चेन्नई सुपर किङ्गसले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले लगातार तेस्रो जित निकालेको हो ।

एमए चिदामबरम स्टेडियममा घरेलु टोली चेन्नईले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको राजस्थानका लागि बेन स्टोक्सले २६ बलमा ४६ तथा राहुल त्रिपाठीले ३९ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । १४ रन जोड्दा ३ विकेट गुमाईसकको राजस्थानका लागि स्टोक्स र त्रिपाठीले इनिङ्स उकासेका थिए ।

यस्तै स्टिभ स्मिथले २८ तथा जोफ्रा आर्चरले अविजित २४ रन बनाए । कप्तान अजिंका रहाने सुन्य रनमा आउट भए ।

चेन्नईका शार्दुल ठाकुर, दिपक चाहर, इमरान ताहिर र ड्वाने ब्राभोले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो । खराब सुरुवात गरेको चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहदै ७५ रनको योगदान दिए ।

मात्र २७ रन जोड्दा चेन्नईले महत्वपुर्ण ३ विकेट गुमाईसकेको थियो । तर, चौंथो विकेटका लागि कप्तान धोनीले सुरेश रैनासंग मिलेर ६१ रनको साझेदारी गर्दै चेन्नईको इनिङ्स उकासेका थिए । रैना ३६ रनमा आउट भए ।

यस्तै ड्वाने ब्राभोले २७ रन जोड्दा शेन वाट्सनले १३ रन बनाए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।

जितसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ३ खेलबाट ६ अंक जोडेको छ । र, चेन्नईले लिगको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । जारी लिगमा चेन्नई एक मात्र अपराजित टोली हो ।

राजस्थानको भने यो लगातार तेस्रो हार हो । यो हारसंगै राजस्थान लिग चरणबाटै घर फर्कने सम्भावना बढेको छ ।