आईपीएल फाइनल - मुम्बईद्वारा चेन्नईलाई सामान्य लक्ष्य - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

आईपीएल फाइनल – मुम्बईद्वारा चेन्नईलाई सामान्य लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा अहिले साविकको विजेता चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा भईरहेको छ ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले चेन्नईलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो  । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन जोडे  । यस्तै क्विनटन डी ककले २९ तथा इशान किशनले २३ रन बनाए ।

अहिले दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

चेन्नई मुम्बईलाई पराजित गर्दै उपाधि रक्षाको लक्ष्यमा रहेको छ । तर,यस सिजन मुम्बईविरुद्ध चेन्नईले जित निकाल्न सकेको छैन ।

अघिल्लो तीन भेटमा मुम्बईले चेन्नईलाई हराएको थियो । चेन्नई फाइनलमा मुम्बईसंग बदला लिने योजनासहित मैदान उत्रनेछ  ।

यता, मुम्बई अघिल्ला तीन खेलको नतिजाले आत्मविश्वासका साथ मैदान उत्रनेछ । मुम्बई चेन्नईमाथि लगातार चौथो जित निकाल्दै उपाधि जित्न चाहन्छ ।

मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको थियो । यता, चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले नै हराएर मुम्बईसंगको भेट पक्का गरेको थियो ।

हालसम्म दुवै टोलीले समान ३/३ पटक आईपीएलको उपाधि जितेका छन् । यस संस्करणको उपाधि जित्दै दुवै टोली सर्वाधिक चौंथो पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।