मुम्बई भर्सेज चेन्नई - २० करोडको बाजी, कसले जित्ला उपाधि ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

मुम्बई भर्सेज चेन्नई – २० करोडको बाजी, कसले जित्ला उपाधि ?



काठमाडौं -भारतमा जारी आईपीएलमा आज फाइनल खेल हुँदैछ । दुई उत्कृष्ट टीमहरु मुम्बई ईन्डियन्स र चेन्नाई सुपर किंग्स याे संस्करणकाे उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन् ।

आजको खेल हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा यो खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

जित्ने टोलीले १२औं संस्करणको आईपीएल उपाधिसहित २० करोड भारु हात पार्नेछ भने उपविजेताले १२ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
गत सिजनमा सनराइजर्स हैदराबादलाई हराउँदै चेन्नाईले आइपीएल उपाधि जितेको थियो । विजेता र उपविजेतापछि सबैभन्दा बढी रकम ग्राउन्डसँग सम्बन्धित दुईटा अवार्डमा दिइनेछ । जुन ग्राउन्डमा सात लिग वा त्योभन्दा बढी म्याच भयो, त्यसलाई ५० लाख रुपैयाँ र योभन्दा कम म्याच गराएको ग्राउन्डलाई २५ लाख रुपैयाँ दिइनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई र रोहित शर्माको कप्तानीमा रहेको मुम्बई, यी दुई बलिया टोलीबिच हुने फाइनल भिडन्त निकै रोमाञ्जक हुने अपेक्षा क्रिकेट प्रेमीले गरेका छन् ।

मुम्बईले यो सिजनमा खेलिएका तीन खेलमा चेन्नाईलाई पराजित गरेको छ । लिग चरणका दुई र एक क्वालिफायर खेलमा मुम्बईले चेन्नाईलाई हराएको हो ।
पहिलो क्वालिफायरमा पराजित भएपछि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउदै चेन्नाई फाइनल पुगेको हो ।

अघिल्ला तीन खेलमा हारको बदला लिने र उपाधि रक्षा गर्ने रणनीतिका साथ चेन्नाई मैदान उत्रने छ ।

त्यस्तै जारी सिजनमा तीनपटक चेन्नाईलाई पराजित गरेको मुम्बई फाइनलमा पनि उसलाई हराउने बलियो आत्मविश्वाससहित मैदानमा भिड्ने छ ।

फाइनल उपाधि कसको पक्षमा जाला यो त्यसै अनुमान गर्द सकिँदैन किनभने मुम्बई र चेन्नाई सबैभन्दा धेरै पटक फाइनल पुग्ने आईपीएलका दुई सफल र उत्कृष्ट टीम हुन् । दुवै टोलीले अहिलेसम्म तीन-तीन पटक उपाधि चुमेका छन् ।

आजको फाइनल खेल जित्दै चेन्नाई अथवा मुम्बई सर्वाधिक फाइनल जित्ने टोलीमा आफ्नो नाम दर्ज गर्नेछ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले अहिलेसम्म चार पटक फाइनल खेलेको छ भने तीन पटक उपाधि कब्जा गरेको छ । उसले सन २०१३ र सन २०१५ गरी दुईपटक फाइलनमा चेन्नाई सुपर किंग्सलाई नै पराजित गरेको थियो ।

त्यस्तै तीनपटकको च्याम्पियन चेन्नाई सुपर किंग्स आठौँ पटक फाइनल पुगेको छ । चेन्नाई चारपटक फाइनलमा पराजित भएको छ ।