गगन थापा विज्ञान तथा प्रविधिमन्त्री, डा. मिनेन्द्र रिजाल अर्थमन्त्री - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

गगन थापा विज्ञान तथा प्रविधिमन्त्री, डा. मिनेन्द्र रिजाल अर्थमन्त्री



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, बद्री पाण्डेलगायत नेता प्रस्तावित मन्त्रीको सूचीमा छन् ।

सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ ।
‘हामीले सरकारका कामलाई नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने पूर्वघोषणाअनुसार सम्बन्धित मन्त्रालय हेर्ने संयोजकको लगभग टुंगो लगाएका छौँ’ कांग्रेस स्रोतले भन्यो, ‘घोषणा हुँदासम्म ताेकिएका नाममा मन्त्रालयको हेरफेर हुन सक्छ, तर नाम भने यिनै हुनेछन् ।

प्रस्तावित मन्त्रीहरू
गगन थापा : विज्ञान तथा प्रविधि
ज्ञानेन्द्र कार्की : भौतिक पूर्वाधार
डा. मिनेन्द्र रिजाल : अर्थ
दिलेन्द्रप्रसाद बडू : गृह
डा. नारायण खड्का : परराष्ट्र
भीमसेनदास प्रधान : रक्षा
उमाकान्त चौधरी : स्वास्थ्य तथा जनसंख्या
मीन विश्वकर्मा : आपूर्ति
उमा रेग्मी : महिला, बालबालिका
जितेन्द्रनारायण देव : सूचना
सञ्जय गौतम : ऊर्जा तथा सिँचाइ
किहोरसिंह राठौर : वन तथा वातावरण
मानबहादुर विश्वकर्मा : सामान्य प्रशासन
देवेन्द्रराज कँडेल : पर्यटन
डा. डिला संग्रौला : कृषि
अख्तर कमाल मुसलमान : कानुन
बहादुरीसिंह लामा : सहरी विकास
राजेन्द्रकुमार केसी : युवा तथा खेलकुद
बद्री पाण्डे : खानेपानी
पार्वता डिसी चौधरी : श्रम तथा रोजगार
सुजता परियार, लक्ष्मी परियार : भूमि व्यवस्था , सहकारी