चौथो दिन पनि बुटवल बन्द
तिलक सुबेदी / बुटवल ,
अखण्ड लुम्बिनीको माग राख्दै आज बुटवल चौथो दिन बन्द रहेको छ । प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि रुपन्देहीमा सुरु भएको आन्दोलन यथावत रहेको बताइएको छ ।
अखण्ड ५ नम्बर प्रदेशको माग गदै आएको अखण्ड ५ नम्बर प्रदेश दवाव अभियान लुम्बिनी र एमालेको भातृ संगठन अखिलले आन्दोलनका कार्यक्रम जारी रहेको जनाएका छन् ।
त्यस्तै अखिलका रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेले आन्दोलनलाई सयमित बनाउन सबैलाई आग्रह गदै अनिश्चितकालिन रुपन्देही बन्द यथावत रहेको जानकारी गराउनुभयो ।