चौथो कलौनी कान्तिपुर शिक्षक क्रिकेट उपाधी सुनगाभालाई
कृष्ण भण्डारी /सैनामैना ।
सुनगाभा पब्लीक माध्यमिक बिद्यालयले कलौनी कान्तिपुर इलीस बोडिङ स्कुलको आयोजनामा सञ्चालीत चौथो कलौनी कान्तिपुर कप २०७४ को उपाधी उचालेको हो । उसले १५ हजार १ सय ११ नगद सहित शिल्ड मेडर र प्रमाण पत्र प्राप्त ग¥यो ।
माघ २६ गते देखि सु? भएको खेलमा ?पन्देहीका समुदायीक तथा निजी विद्यालय गरि २४ विद्यालयको सहाभागीता रहेको थियो । चौथो कलौनी कान्तिपुर शिक्षक क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुनगाभाले टस जितेर पहिला फिल्डीङ्ग रोजेको थियो , भने नव प्रभातलाई व्यटिङ्गको निम्तो दिएको थियो । निर्धरित १२ ओभारको खेलमा पहिला व्यटिङ्ग गर्दै ५ विकेट गुमाएर नव प्रभातले ८५ रनकने योगफल तयार पारेको थियो , ८६ रनको लक्ष्य पछ्याएको सुनगाभाले ८ विकेट गुमाउदै ११.४ बलमा उक्त लक्ष्य प्राप्त ग¥र्यो ।
फाइनलमा नवप्रभात इ¨लीस स्कुल सालझण्डीसग भएको अत्यन्तै प्रतिस्प्रधात्मक खेलमा उत्कृष्ट प्रर्दशनका साथ सुनगाभाले उपाधी उचालेको हो । सुनगाभाका प्राय सबै खेलाडीको प्रदशन राम्रो रहेकाले उसले जित दर्ता गरेको हो । सुनगाभाबाट ३ वटा खेलमा बिक्रम गौतम म्यान अफ दि म्याच भएका थिए । लक्ष्मण खनाल ब्याटीङ गर्दै २३ रन बनाएका थिए ,भने बलिङ तर्फ २ विकेट हात पारेका थिए । जसले गर्दा सुनगाभालाई जित सहज भएको थियो ।
प्रतियोगिताको उपबिजेता नवप्रभात इ¨लीस स्कुलले भने १० हजार १ सय ११ सगै शिल्ड मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । नवप्रभातका लागि पनि कप्तान बिष्णु सापकोटा तथा टिकाराम क्षेत्रीको प्रदशन उत्कृष्ट लयमा देखिए पनि टिममा सबैको अपेक्षा गरेअनुशार प्रदशन हुन नसक्दा पराजय ब्यहोर्न बाध्य भएको हो ।
कलौनी कान्तिपुर कपको पहिलो संस्करणमा सुनगाभा पब्लीक माध्यमिक बिद्यालय दोस्रोमा नवप्रभात इलीस स्कुल र तेस्रो संस्करणमा लुम्बीनी बोडिले उपाधी उचालेका थिए । प्रतियोगितामा बेस्ट व्याटसम्यान तथा म्यान अफ दि सिरीज सुनगाभाका विक्रम गौतम भएको थिए । त्यस्तै प्रतियोगितामा वेस्ट बलरनव प्रभातका टिकाराम क्षेत्री भएका थिए ।
खेल समापन कार्याक्रम बिद्यालयका प्राचार्य नारायण खनालको अध्यक्षता तथा वडा अध्यक्ष बसन्त पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रेसो ?पन्देहीका अध्यक्ष कृष्ण प्रशाद शर्मा पवन, सुनगाभाका प्राचार्य तिलब केसी, तथा नवप्रभातका कप्तान बिष्णु सापकोटाले बोल्दै खेल क्षेत्रको बिकासका लागि स्थानीय निकायले चासो दिन आवश्यक रहेको र बिद्यालय स्तरबाटै खेलकुदको बिकास हुने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रम शिव पोखरेलको स्वागत तथा बिद्यालयका सहायक प्राचार्य दिपक काफ्लेको सञ्चालनमा सम्पन्न भएको हो ।