चौतारा ठुलाखर्कको पूर्ण सरसफाइ देशकै नमुना बन्दै !
कमल विष्ट / अर्घाखाँची
भुमिकास्थान नगरपालिका वाडा नम्बर ३ धारापानी ठुलाखर्क चौताराको समुदायले गरेको पूर्ण सरसफाइको नमुमा कार्यको अध्ययन अबलोकनगर्न सिन्धुपाल्चोक जिल्लाबाट आएको अवलोकन टोली एतिबेला चौतारा ठुलाखर्कमा छ ।
जिल्लामा खुला दिसामुक्त अभियान अन्तिम अवस्थामा पुग्न लागेकाले अब पूर्ण सरसफाइ अभियानको थालनी गर्नको लागि यहाँ सरसफाइमा नमुना कार्य भइरहेको भन्ने विभिन्न मिडिया र सरोकार वाला निकायबाट सूचना पाएर आफूहरू अध्ययन अवलोकनका लागि यहाँ आएको भ्रमण टोलीमा सहभागी सामुदायिक विकास तथा वातावरण संरक्षण केन्द्र सिन्धुपाल्चोककी कोषाध्यक्ष पार्वती तिम्सिनाले बताइन । ३८ जनाको समूहको भ्रमण टोलीको नेतृत्व गरेर आएकी पार्वतीले भनिन – हामीले जे सूचना पाएर यहाँ अध्ययन भ्रमणमा आएका थियौ । बस्तबमा हामीले यहाँ धेरै नयाँ कुरा पायौ । प्रत्येक घरपरिवार समुदाय बास्बिक मन देखिनै आफ्नो घर समुदायलाई नमुना समुदाय बनाउन लाग्नु भएको रहेछ ।
प्रत्येकको घरमा सफा चर्पी, चर्पीमा ६ चिज भन्ने नारा सहित चर्पी भित्र चाहिने सरसफाइ सामाग्रीको व्यवस्थापन , मन्दिरमा जस्तै चर्पीको वरिपरि थरी थरीका फुलहरू रोपेको, साबुन पानी सहित हातधुने छुट्तै स्थानको व्यवस्था, भाडा माझने जुठेल्नो,भाडा सुकाउने चाङ,खेर गएको पानीको व्यवस्थापन सहित करेसाबारी निर्माण , सरसफाइ बारे बेला बखत अध्ययन गर्न र बैठक बस्नका लागि सरसफाइ स्रोत केन्द्रको स्थान गरिएको , घर आँगन सार्वजनिक बाटो घाटो सबै तिर सफा सुन्दर वातावरणले हामीलाई त साँच्चै एउटा उस्कृष्ट पर्यटकीय क्षेत्रमामा आएको अनुभूति दिलाएको छ ।
चौतारा ठुलाखरकका समुदायले पूर्ण सरसफाइमा गरेको कार्य देशकै नमुना भएको आफूले महसुस गरेको भ्रमण टोलीका सदस्य सिन्धुपाल्चोकका एम कुमार पुन मगरले बताए । उनले भने मैले जुन हिसाबले हाम्रो संस्थाका कर्मचारी साथीहरूलाई अध्ययन अवलोकनका लागि यहाँ सम्म लिएर आएको यो भ्रमण हाम्रो टिमको
लागि असाध्यै उपलब्धि पुर्न भएको र यसले सिन्धुपाल्चोक जिल्लाको पूर्ण सरसफाइ यात्रामा मार्ग निर्देशन गर्ने समेत बताए । उनके यस समुदायको मेहनतको प्रशंसा गर्दै थप प्रोत्साहनका लागि आफूहरूको
तर्फबाट पाँच हजार आर्थिक सहयोग समेत गरेको बताए ।
अवलोकन भ्रमण पश्चात् चौतारा ठुलाखर्क पूर्ण सरसफाइ व्यवस्थापन समितिका तर्फबाट राखिएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै भुमिकास्थान नगरपालिका योजना शाखा प्रमुख हरिषचन्द्र भुसाललेb पूर्ण सरसफाइ प्रवर्द्धनमा ग्लोबल सेनिटेसन फण्ड कार्यक्रम /यु यान हेबिटाट र प्रकाश सचेतना समूह( प्राग )अर्घाखाँचीको सहजीकरण असाध्यै प्रभावकारी र उपलब्धि पूर्ण भएकाले हाल ३ वटा वडामा मात्र सहजीकरण गरेकोमा अब सबै १० वटै वडामा यु यान हेबिटाट र प्रकाश सचेतना समू (प्राग ) अर्घाखाँची लाइ भूमिका सहजीकरण गर्न अनुरोध गरिएको र नगरपालिकालाई छिटै नै पूर्ण सरसफाइ उन्मुख नमुना नगर बनाउने लक्ष्य लिएको बताउनु भयो ।
चौतारा ठुलाखर्क पूर्ण सरसफाइ नमुना समुदाय व्यवस्थापन समितिका अध्यक्ष राजु पाण्डेको अध्यक्षता, पशुपति बन्जाडेको सञ्चालन , भुमिकास्थान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बालकृष्ण बन्जाडेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा यूयन हेबिटाट जिल्ला संयोजक शिवराज न्यौपाने , प्राग अर्घाखाँचीका निर्देशक प्रेम नारायण गैरे, अनुगमन समिति का संयोजक नरबहादुर थापा, खेमराज भाट कृष्ण बन्जाडे, सामुदायिक विकास तथा वातावरण संरक्षण मन्छ सिन्धुपाल्चोकका कोषाध्यक्ष पार्वती तिमल्सिना, कार्यक्रम संयोजक एम कुमार पुन लगायतले पूर्ण सरसफाइ अभियान, अनुभव र यसको सफलताको बारेमा चर्चा गर्नु भएको थियो भने कार्यक्रममा बाबुराम बन्जाडेले स्वागत मन्तव्य र पार्बता बन्जाडेले समुदायले गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।