रेशम चौधरीले दुवै पक्षमा हस्ताक्षर नगर्ने - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

रेशम चौधरीले दुवै पक्षमा हस्ताक्षर नगर्ने



काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको विवादमा रेशम चौधरीले दुवै पक्षलाई साथ नदिने भएका छन् । योसँगै जसपा विवादमा उपेन्द्र समूहसँग ३४ र महन्थ समूहमा १६ मत परेको छ।

चौधरीले आफू तटस्थ बस्ने ब=निर्णय गरेका छन्। सनाखतका लागि निर्वाचन आयोग पुगेका केन्द्रीय कार्यकारिणी परिषदका सदस्य चौधरीले तटस्थ बस्ने निर्णय लिएका हुन्।

आयोगको कार्यालय पुग्नासाथ जसपाका दुवै समूहले रेशमलाई आफ्नो पक्षमा मतदान गर्न तानातान गरेका थिए। तर उनले कतै पनि मतदान नगरी तटस्थ बस्ने निर्णय लिएका हुन्।

रेशमलाई डिल्लीबजार कारागारबाट सनाखतका लागि सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालयमा लगिएको थियो। उनलाई कडा सुरक्षाकाबीच आयोगको कार्यालय लगिएको हो।

निर्वाचन आयोगका पदाधिकारीहरु सनाखतका लागि कारागारमै पुगे पनि रेशमले जेलबाट सनाखत गर्न अस्वीकार गरेका थिए। त्यसपछि गृहमन्त्रालयको समन्वयमा उनलाई आयोगको कार्यालयमै लैजाने व्यवस्था मिलाइएको हो।