१४ सांसदको मुद्दा पेसी चढेकै दिन चोलेन्द्रमाथि महाअभियोग - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

१४ सांसदको मुद्दा पेसी चढेकै दिन चोलेन्द्रमाथि महाअभियोग



काठमाडौं। पार्टीले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गर्नुपर्ने माग राखी एमालेले दर्ता गरेको रिट निवेदनको पेसी तोकिएको दिन प्रधानन्याधिशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। न्यायालय लामो समयसम्म विवादमा रहँदा मौन बसेका सत्तागठबन्धनले घटनाक्रम सामान्य भएपछि महाअभियोग प्रस्ताव गरेका हुन्।

एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो। तर, उनीहरूलाई दलबाट निष्कासित गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त गरेको सूचना नसुनाएपछि सांसदहरुहरु पदमै कायमै छन्।

सोही सांसदहरूकै समर्थनमा वर्तमान सरकार बनेको हो। तीनै सांसदविरुद्ध सर्वोच्चमा मुद्दा पेशी तोकिएकै दिन सत्तागठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेले दर्ता गरेको छुट्टाछुट्टै मुद्दा एकसाथ आइतबार पेसीमा चढेको हो। लुम्बिनी प्रदेशका सांसदमाथि भएको कारबाहीको मुद्दासमेत एकैसाथ छ। सो मुद्दा ईश्वरप्रसाद खतिवडा र श्रीकुमार रेग्मीको ५ नबर इजलासमा परेको छ। यो मुद्दामा अन्तरिम आदेश भएको थिएन।