ओलीले गरेको कारबाही अवैधानिक भन्दै १४ सांसद पुगे संसद सचिवालय - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

ओलीले गरेको कारबाही अवैधानिक भन्दै १४ सांसद पुगे संसद सचिवालय



काठमाडौं- नेकपा एमालेले गरेको कारबाही अवैधानिक रहेको भन्दै कार्यान्वय नगर्न माधव कुमार नेपालसहित १४ सांसदले संसद सचिवालयलाई आग्रह गरेका छन् ।

बुधबार संसद सचिवालयमा पत्र दर्ता गर्दै नेपालसहित कारबाहीमा परेका १४ सांसदले कारबाही कार्यान्वयन नगर्न आग्रह गरेका हुन् । कारबाही कार्यान्वयन नगर्न माग गर्दै सांसदद्वय जीवनराम श्रेष्ठ र विरोध खतिवडाले संसद सचिवालय पुगेर लिखित पत्र दर्ता गरेका हुन् ।

यसअघि एमालेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै नेपालसहित १४ सांसदलाई सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको थियो । एमालेले मंगलबार नै उनीहरुलाई कारबाही गरेको भन्दै संसद सचिवालय र निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।