चट्याङसहित वर्षा हुने: सतर्क रहौं
काठमाडौं- आइतबार देशभर सामान्य बदली रही देशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ ।महाशाखाका अनुसार अहिले बिहान पनि कतिपय स्थानमा भारी वर्षा भइरहेको छ। त्यसैगरी सोमबार सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अझै दुुई दिन मौसम सक्रिय रहने हुुँदा आवश्यक सतर्कता अपनाउनुपर्ने भएको छ । शनिबारदेखि मौसम सक्रियतासँगै कतिपय भागमा ठूलै वर्षा हुनुका साथै बाढी र पहिरोको सम्भावना पनि हुनेहुँदा उच्च सतर्कता आवश्यक भएको हो ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावनासँगै शनिबारदेखि तीन दिन नेपालमा मनसुन सक्रिय हुने जनाएको छ ।