छरुवा प्रविधि : कम लगानी, बढी मुनाफा - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

छरुवा प्रविधि : कम लगानी, बढी मुनाफा



घनश्याम पौडेल / कैलाली ।
कैलालीको मसुरिया र भजनीमा सिड ड्लि मेशिनबाट छरुवा धान खेतीको स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अन्तराष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्र ‌‌( सिमिट ) धनगढी अन्र्तगत सिसा परियोजनाको आयोजनामा कृषक दिवस कार्यक्रम गरेर मसुरिया र भजनीमा छरुवा धान खेतीको अबलोकन गरीएको हो । कृषक दिवसमा गोदावरी, गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिकाको साथै कैलारी, वर्दगोरिया र जोशीपुरका कृषकको सहभागिता रहेको थियो ।

अवलोकन कार्यक्रमका सहभागी गोदावरी न.पा. ६ का कृषक सावित्रा चौधरीले अहिलेको बढदो महंगीमा छरुवा धान प्रविधिले कृषकको लागत खर्च घटाई उत्पादनमा वृद्धि गर्न सहयोग पुग्ने महसुश गरेको बताउनु भएको थियो । चौधरीले भनिन हिल्याएर रोपाई गर्नु भन्दा छरुवा प्रविधिले खेती लगाउने मानिसको अभाब हुन नदिने र समयमै बाली लगाउन सकिने र खर्च कम लाग्ने हुर्दा छरुवा प्रविधि आफनो लागी बरदान सावित भएको बताईन ।

यस्तै घोडाघोडी न.पा. ११ का कृषक सुरज कठरीयाले यस प्रविधिबाट गत बर्षमा गरीएको धान खेतीबाट रोपाईका धानको उत्पादन बराबरीमै केहि बढी उत्पादन भएको भन्दै छरुवा धानमा बेर्न तयार गर्न नपर्ने खेत हिल्याउन नपर्ने, बिरुवा सार्न नपर्ने हुनाले रोपाईको धानको भन्दा छरेको धानमा नाफा बढी हुने गरेको अनुभव सुनाएका थिए ।

अन्तर्राष्ट्रिय गँहु तथा मकै सुधार केन्द्रका फिल्ड अनुसन्धान प्रविधिक प्रदिप चौधरीले कृषकहरुलाई स्थलगत कार्य क्षेत्रमा अबलोकन सहितको अन्तरक्रिया कार्यक्रमको माध्यमबाट प्रशिक्षीत बनाउदै कम लागतमा बढी मुनाफा लिन सकिने प्रबिधिको खोजि आफनो संस्थाबाट गरीरहेको बताए । फाइल तस्वीर :