प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी



साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै निर्मला पन्तको परिवार जिल्ला प्रशासन कार्यलय कन्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेको छ ।

निर्मलाका बाबु यज्ञराज पन्तसहित उनको परिवार आइतबारबाट न्याय माग्दै स्थानीय प्रशासनमा धर्ना बसेको हो । आइतबार पन्तको परिवारसहित सयौं सर्वसाधारण स्थानीय मदनचोकमा भेला भएर र्यालीसहित प्रशासन कार्यालय पुगेर धर्नामा बसेको हो ।

र्यालीका क्रममा सहभागिहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राजीनामाको माग समेत गरे । उनीहरुले ‘सिधा कुरा जनतासँग बलात्कारी सरकारसँग’ ‘निर्मला पन्तको हत्या सार्वजनिक गर नत्र गृहमन्त्रीले राजीनामा देउ’, ‘प्रधानमन्त्री हत्यारा लुकाउन पाइँदैन’, नेताको सिको सिकेछ प्रहरी पनि बिकेछ’ लगायतका चर्का नारा लगाइएको थियो ।

धर्नामा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, उद्योगी व्यवसायी महिलाअधिकारकर्मी र सर्वसाधारण समेत सहभागि छन् ।

यसअघि निर्मला पन्तका बाबु यज्ञराजले साढे तीन महिनासम्म पनि सरकारले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई सार्वजनिक नगरेको भन्दै आफुहरु धर्नामा बस्न लागेको बताएका थिए । उनले कि सरकारले निर्मला पन्तलाई न्याय दिन्न भन्नुपर्यो कि दिनुपर्यो भन्ने सरकारलाई सन्देश दिन पनि धर्नामा बस्नुपरेको बताए ।