चर्को विरोध भएपछि सगरमाथाको बिषयमा 'ब्याक' भयो चीन - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

चर्को विरोध भएपछि सगरमाथाको बिषयमा ‘ब्याक’ भयो चीन

काठमाडौं- चीनको टेलिभिजन च्यानल सीजीटीएनले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने भन्दै गरेको ट्वीट आफ्नो ह्यान्डलबाट हटाएको छ।

मे २ तारिखको दिन गरेको उक्त ट्विटर पोष्टबारे विभिन्न नेपाली सञ्चार माध्यममा समाचार आएपछि केही समयअघि उक्त पोष्ट डिलिट गरि सच्चाएको छ।

सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा मे २ तारिखका दिन सगरमाथाको केही तस्विर राख्दै सगरमामाथा चीनमा पर्ने दावी गरिएको थियो । ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ’ ट्विटर पोष्टमा भनिएको थियो।

काठमाडौं, वैशाख २८ : चीनको टेलिभिजन च्यानल सीजीटीएनले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने भन्दै गरेको ट्वीट आफ्नो ह्यान्डलबाट हटाएको छ। मे २ तारिखको दिन गरेको उक्त ट्विटर पोष्टबारे विभिन्न नेपाली सञ्चार माध्यममा समाचार आएपछि केही समयअघि उक्त पोष्ट डिलिट गरि सच्चाएको छ।

सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा मे २ तारिखका दिन सगरमाथाको केही तस्विर राख्दै सगरमामाथा चीनमा पर्ने दावी गरिएको थियो । ‘चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ’ ट्विटर पोष्टमा भनिएको थियो।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका थिए। उनीहरुले उत्तरी मोहडाबाट सगरमाथाको उचाइ नाप्न सुरु गरिसकेका छन्।

चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाइबारे अध्ययन गरेका छन्।