गजुरीबाट चार किलो सुनसहित तीन जना पक्राउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गजुरीबाट चार किलो सुनसहित तीन जना पक्राउ



काठमाडौं ।धादिङको गजुरीबाट चार किलो सुनसहित तीन जना पक्राउ परेका छन् ।

बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडि दुईवटा मोटरसाइकलमा आएका उनीहरूलाई चार किलो सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उनीहरू बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकलमा रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा उत्तरगया गाउँपालिका ३ रसुवाका सञ्जित वाइवा, तार्केश्वर गाउँपालिका–५ बस्ने सुरेन्द्र तामाङ र विकाश तामाङ रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तस्वीर: फाइल फोटो