कांग्रेसभन्दा कम्युनिष्ट चारगुणा खर्चालु,चियापानमा नेकपाको ४० लाख र कांग्रेसको १० लाख खर्च - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कांग्रेसभन्दा कम्युनिष्ट चारगुणा खर्चालु,चियापानमा नेकपाको ४० लाख र कांग्रेसको १० लाख खर्च



काठमाडौ । सत्रै सामुहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्ट कांग्रेसभन्दा बढी भड्किला, महँगा र खर्चालु देखिएका छन् ।

कम्युनिष्टहरु कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिहार, छठ, नेपाल सम्वत्का अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाद्धारा आयोजित शुभकामना आदान—प्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रस्ट हुन्छ ।हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्यकर्ता नै बढी भएकाले खर्च त्यही अनुपातमा बढेको तर्क गर्छन् तर यस बर्षको चियापानमा नेकपाको खर्च कांग्रेसको भन्दा चारगुणाले बढी देखिएको ।

अहिले प्राप्त खर्च तथ्यांकअनुसार नेकपाले यो चियापानमा ४० लाख रुपियाँ र नेपाली कांग्रेसले १० लाख रुपिया खर्च गरेको देखिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छापिएको छ ।