चरेसको थाल र मार्सीको चामल प्रधानमन्त्रीले के गरे ? - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

चरेसको थाल र मार्सीको चामल प्रधानमन्त्रीले के गरे ?



काठमाडौं –डाक्टर गोविन्द केसीका समर्थकले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा मार्सी चामल उपहार दिएका छन् ।

डाक्टर गाविन्द केसीका माग पूरा गराउन दबाब दिने उद्देश्यले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै थाल र चामल उपहार दिएका हुन् ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडिकल कलेज सञ्चालकको घरमा बसेर जुम्लाको मार्सी चामलको भात खाने तर जुम्लामा एमबीबीएस पढाई नभएको र जुम्लामा अनसन बसेका डाक्टर केसीका माग पुरा नभएको भन्दै समर्थकले वालुवाटार अगाडी थाल र चामलसहित प्रदर्शन गरेका हुन् ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिले भने मार्सी चामल र थाल उपहार लिन नमानेको बुझिएको छ । ‘यो हामीले किन लिने लिन्नौं भन्दै चरेसको थाल र चामल प्रधानमन्त्रीका प्रतिनिधिले बहिष्कार गरेको उनका एक सहयोगीले बताए, प्रदर्शनमा नागरिक समाज, मानवअधिकारवादी, विद्यार्थी प्राध्यापक लगायतको सहभागिता थियो ।