चरा पहिचान तथा जैविक विविधता सम्बन्धी तालिम सुखडमा सुरु - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

चरा पहिचान तथा जैविक विविधता सम्बन्धी तालिम सुखडमा सुरु



हिमाल पोस्ट / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकामा- १ सुखडमा जैविक विविधता र चराको पहिचान सम्बन्धि दुई दिने तालिम शुक्रबार बाट सुरु भएको छ । चरा संरक्षण नेटवर्क कैलालीको आयोजना र नेपाल पंक्षि संस्थाको सहयोगमा तालिम सुरु भएको हो ।

चरा संरक्षण नेटवर्क कैलालीले घोडाघोडी नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुमा इको क्लब गठन गरिएका छ्न । विद्यालयका फोकल शिक्षकहरुका लागि चरा पहिचान तथा जैविक बिबिधता संरक्षण , पारिस्थितिक प्रणाली , बन बाताबरण संरक्षण , सिमसार लगायत विषयमा तालिम सुरु गरिएको हो ।

तालिममा नेपाल पंक्षि संंरक्षणका बन परियोजनाका मित्र पाण्डे र नेपाल पंंक्षि संंरक्षण कैलालीका फिल्ड सहजकर्ता हिरु लाल डगौराले सहजीकरण गरेका छन् । चरालाइ कसरी चिन्ने ? चराको महत्व के छ ? किन चरा संंरक्षण गर्ने ? भन्ने बिषयमा सहजिकरण गरेेेका थिए ।

कार्यक्रम बिगत लामो समय देखि स्थानीयको सहभागिता बिना बन बाताबरण , पर्या पर्यटन संंरक्षण नहुने भएकाले स्थानिय सहभागी गराउनका लागी चरा संंरक्षण नेटवर्क कैलालीले विद्यालयहरुमा इको क्लब गठन गरेको छ ।

फोकल शिक्षकहरुलाइ चरा सम्बन्धि टट तालिम दिएर शिक्षकहरुले विद्यालयमा बिद्यार्थीहरुलाइ चराको महत्व , चरालाई कसरी चिन्ने भन्ने कुराहरु बिद्यार्थीहरु लाई सिकाउने उदेश्यले सो तालिमको आयोजना गरिएको संंस्थाका उपाध्यक्ष जमुना न्युरेले हिमाल पोस्टलाई जानकारी दिइन ।