चरा संरक्षण नेटवर्कको साधारणसभा सम्पन्न - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

चरा संरक्षण नेटवर्कको साधारणसभा सम्पन्न



विशाल पाण्डेय / सुखड ,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा चरा संरक्षण नेटवर्कको साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

चरा संरक्षण नेटवर्कका अध्यक्ष डि आर चौधरीको सभापतित्वमा सम्पन्न भएको साधारणसभा कार्यक्रमको प्रमुख अथिती घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा रहेकी थिइन् । प्रमुख अथितिको आसनबाट बोल्दै उप प्रमुख थापाले चरा संरक्षण गर्नको लागि सबैभन्दा पहिला सामुदायिक बनहरुको संरक्षण गर्नुपर्ने बताइन । बन संरक्षण गरेमात्र चराको संरक्षण गर्न सकिने थापाले बताइन् । साथै उप प्रमुख थापाले सामुदायिक बन र स्थानीय सरकार संगको दुरि टाढा रहेको बताइन् । उनले भनिन , ‘ सामुदायिक वनका लागि स्थानीय सरकारले कानुन नपाएको कारणले आफुहरुले चाहेको कार्यहरु गर्न पाएका छैनौं ।’

त्यस्तै अथितिको आसनबाट बोल्दै घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाहिले घोडाघोडी नगरपालिकाको मुहार फेर्नको लागि घोडाघोडी तालको संरक्षण गर्नुपर्ने बताए । ताल क्षेत्रमा चराचुरुङ्गी तथा अन्य जिवजन्तुहरुको लागि उचित व्यवस्थापन हुन नसक्दा ताल क्षेत्रमा भएका चराचुरुङ्गी तथा जिवजन्तुहरु लोप हुँदै गएको वडाध्यक्ष शाहिले बताए । शाहिले ताल क्षेत्रको राम्ररी व्यवस्थापन गर्न सकियो भने घोडाघोडी नगरपालिकाले मुख्य आम्दानिको स्रोतका रुपमा लिन सकिने बताए ।

यस्तै घोडाघोडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष भिम बोगटीले आफुहरुले चाहादा चाहादै पनि कानुनले बाझिएर ताल क्षेत्रको व्यवस्थापन गर्न नसकेको बताए । यदि ताल व्यवस्थापनमा ध्यान नदिने हो भने चराचुरुङ्गीहरु लोप हुने अवस्थामा पुग्ने बताए । साथै वडाध्यक्ष बोगटीले ताल क्षेत्रमा अतिक्रम भइरहेको समेत गुनासो गरे ।

त्यस्तै घोडाघोडी नगरपालिका वडा नं ४ का वडाध्यक्ष टेक बहादुर बुढाले घोडाघोडी तालको नाम बेचेर कमाइ खाने ठाउँ मात्र बनाएको बताए । उनले भने , ‘ हामिले तालको नाम बेचेर फाइदा मात्र लिएर हुदैन , अब सबै मिलि तालको संरक्षण र प्रचारप्रसार गरि विश्वसामु चिनाउनु पर्छ ।’ कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष मैना ढकाल, इको क्लबका तर्फबाट विश्वनाथ देवकोटा ,घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्य , वि सि एन का प्रतिनिधि हिरुलाल डगौरा , नकरोड सहकारी संस्थाका सचीव हेम बहादुर बम , सब डिभिजन वन कार्यालय सुखडका प्रतिनिधि जुगराम चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

चरा संरक्षण नेटवर्कका सदस्य नवराज न्युरेले आर्थिक बर्ष २०७४/०७५ को १० लाख ४४ हजार १२२ रुपैयाँको आय व्यय समेत प्रस्तुत गरेको कार्यक्रममा संस्थाले आगामी बर्षमा गर्ने कार्ययोजनाहरु समेत प्रस्तुत गरिएको थियो ।

चरा संरक्षण नेटवर्कले सुदुर पश्चिम् प्रदेशमा चराहरुको अध्ययन,चराहरुको पहिचान र बाँस स्थानलाई संरक्षण गर्ने उद्देश्यले संस्थाको स्थापना गरेपनी हाल खास गरि घोडाघोडी क्षेत्रमा चरा तथा जैविक विविधता संरक्षण गर्ने,चराहरुको बासस्थानको संरक्षण गर्ने , चराहरु पहिचान गर्ने ,बैज्ञानिक अध्ययन गर्ने लगाएतका कार्यहरू गर्दै आइरहेको छ ।