यस्तो छ आइतबार भेटिएका ४२५ संक्रमितको विवरण (जिल्लासमेत)
काठमाडौँ- पछिल्ला दिनमा नेपालमा तिब्र दरमा कोरोना संक्रमित थपिन थालेका छन । आजमात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ।
४ सय २५ मध्ये ३ सय ७५ जना पुरुष र ५० जना महिला छन्। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७,बाराका ९,सर्लाहीका ६, रौतहटका ७६, नवलपरासीका ४, बझाङका ५, डडेलधुराका २४, डोटीका ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, रुकुमका १, प्युठानका २, दाङका ५४, धनुषाका १, रामेछापका २, गुल्मीका ८, रुपन्देहीका २६, पाल्पाका १७, सुर्खेतका ४०, दैलेखका २९ ,सिन्धुलीका १ र धादिङका २५ जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ। तीमध्य ५३२४ पुरुष र ४३६ जना महिला छन्। आज रुकुममा पनि कोरोना संक्रमित थपिएसँगै संक्रमित जिल्लाको संख्या ७३ पुगेको छ।