नेपाल समुहका ४ सांसदले गरेनन् संसद विघटन विरुद्ध हस्ताक्षर - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

नेपाल समुहका ४ सांसदले गरेनन् संसद विघटन विरुद्ध हस्ताक्षर



काठमाडौँ- नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल समूहबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकै नेताहरूले संसद विघटनको विरुद्धमा हस्ताक्षर गरेनन् ।

नेपाल समुहकै धेरैजसो सांसदहरू हस्ताक्षरमा अनुपस्थित भएपछि आइतबार अदालत जान रोकिएको थियो भने सोमबार पनि जम्मा २३ सांसदले मात्रै संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।

सोमबार उक्‍त समूहका २६ सांसदमध्य २३ सांसदले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरी रहेका छन् ।

नेपाल-खनाल समूहका गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गरेका छैनन् । यधपी गोकर्ण विष्ट भने बिरामी भएकाले अनुपस्थित रहेको बताइएको छ । उनलाई उच्च ज्वोरो आएकाले तीन दिनदेखि आराम गरिरहेको बताइएको छ ।

यसअघि माधव नेपाललाई हरेक कदममा साथ दिएका र प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिएका सांसद योगेश भट्टराईले पनि ओलीको विघटन विरुद्ध ह्गस्ताक्षर गरेनन् । किनकि यसअघि संसद विघटन गरेपछि उनी त्यसको विपक्षमा उभिएका थिए । उनीसहितगै नेपाल समुहका ४ सांसद हस्ताक्षरमा अनुपस्थित रहेका छन् ।