माओवादीका चारजना मन्त्रीको पद चैट - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

माओवादीका चारजना मन्त्रीको पद चैट



काठमाडौँ- नेकपा माओवादी केन्द्रका तर्फबाट कारबाहीमा परेका चारजना मन्त्रीहरूको सांसद पद चैट भएको छ ।

उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु शाह, श्रममन्त्री गौरीशंकर चौधरी र ऊर्जामन्त्री टोपबहादुर रायमाझी बिहीबारदेखि सांसद पदबाट मुक्त भएका हुन् ।

माओवादीले संसद सचिवालयमा उनीहरु एमाले प्रवेश गरेका कारण उनीहरुलाई पदमुक्त गर्न पत्र पठाए बमोजिम उनीहरुको पद खोसिएको हो।

सभामुख अग्नि सापकोटाले यी चार सांसद पदमुक्त भएको जानकारी संसदमा बिहीबार गराएका हुन्।