चार पूर्वप्रधानन्यायाधीशले पनि चोलेन्द्र शमशेर जबराको राजीनामा - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

चार पूर्वप्रधानन्यायाधीशले पनि चोलेन्द्र शमशेर जबराको राजीनामा



काठमाडौ- चार पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेका छन्। सोमबार विज्ञप्ति निकालेर उनीहरूले जबरालाई बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन्। विज्ञप्ति निकाल्नेमा पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की छन्।

विज्ञप्तिमा ‘अहिलेको समस्या प्रधानन्यायाधीशले सिर्जित गरेको’ भन्दै उनी स्वयं जबाफदेही हुनुपर्ने बताइएको छ। प्रधानन्यायाधीशको राजीनामा नदिएर न्यायपालिकाको क्षति न्यूनीकरण गर्न नसघाएमा महाअभियोग लाग्न सक्ने भन्दै सचेत समेत गराएका छन्।

विज्ञप्तिमा भनिएको छ ‘न्यायपालिकाले आफूभित्र देखा परेका समस्या आफ्नै सुझबुझ र विवेकबाट समाधान गर्न सक्छ तर त्यसो प्रयास नगर्ने हो भने विधायिकी क्षेत्रबाट हस्तक्षेप हुन जानेछ। प्रधानन्यायाधीशको स्वनिर्णयले न्यायपालिकाको क्षति न्यूनीकरण गर्न सघाउन सकिन्छ भन्ने पनि हाम्रो विश्वास छ। विगतमा पनि विभिन्न अवसरमा मुद्दामा न्यायिक विचलन वा अस्वीकार्य गतिविधिको जनविश्वास गुमाएको भन्ने अवस्थामा सम्बन्धित न्यायाधीशहरुले नै गर्नु भएको स्वैच्छिक अवकाशको निर्णयबाट विवादहरूको पटाक्षेप भएको अनुभव न्यायपालिकासँग छ।’

न्यायालयको गरिमा जोगाउन नसकेको भन्दै सर्वोच्चको बार एशोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गरेको छ। यस्तै नेपाल बार एशोसियनले पनि राजीनामा माग गरेको छ। प्रधानन्यायाधीश राणाले राजीनामा नदिए महाभियोग लगाएर हटाउनुपर्ने समेतका आवाज उठेका छन्।