चार प्रहरी उपरीक्षकको सरुवा, को कहाँ ? - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

चार प्रहरी उपरीक्षकको सरुवा, को कहाँ ?



काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

डम्बर विकको धादिङ, जीवन श्रेष्ठको सिरहा, राजन अधिकारीको सुनसरी र लोकेन्द्र श्रेष्ठको मकवानपुरमा सरुवा भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मकवानपुरका एसपी विकास खनाल ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परिसकेकाले उनको ठाउँमा श्रेष्ठलाई पठाइएको हो।

अधिकारीलाई बलात्कारी उम्काएको आरोपमा निलम्बनमा परेका सुनसरीका एसपी विद्यानन्द माझीको ठाउँमा सरुवा गरिएको हो ।

एसपी धनबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयमा पठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।