सिन्धुपाल्चोकमा एकैछिनमा चार पटक भूकम्प, स्थानीय त्रसित - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

सिन्धुपाल्चोकमा एकैछिनमा चार पटक भूकम्प, स्थानीय त्रसित



काठमाडौं- सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पुन: दुईवटा भूकम्पको परकम्प गएको छ। जिल्लाको हगाम केन्द्रविन्दु भएर आज तीन मिनेटको अन्तरमा दुईवटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आज दिउँसो ३:२० बजे ४.१ र ३:२३ बजे ४.०१ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि आजै दिउँसो सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर दुईवटा परकम्प गएका थिए।

दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

लगातार भूकम्पको धक्काले स्थानीयहरू त्रसित बनेका छन् । अहिले स्थानीयहरू खुल्ला स्थानमा जम्मा भएको बताइएको छ ।