जबर्जस्ति करणी गरेको आरोपमा चार जना पक्राउ - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

जबर्जस्ति करणी गरेको आरोपमा चार जना पक्राउ



कैलाली – कैलालीमा एक युवतीमाथी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका -४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बार नामक होटलमा २१ वर्षीया युवतीमाथी मंगलवार साँझ सामुहिक बलात्कार भएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा होटल संचालक कञ्चनपुर भिमदत्त नगरपालिका –९ का २० वर्षीय सन्जु पाल, डडेल्धुराको अमरगढी नगरपालिका –१ का २० वर्षीय हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका –२ का २४ वर्षीय दिपक भट्ट र डडेल्धुराकै अजयमेरु गाउँपालिका –१ का २१ वर्षीय टंक धामी रहेको प्रहरी जनाएको छ ।

पक्राउ परेकाहरुमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।