चार बुँदे संविधान संशोधन मान्न नसकिने - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

चार बुँदे संविधान संशोधन मान्न नसकिने



हिमाल पोष्ट / ५ मंसिर, काठमाडौं ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनका नेताले सरकारले तयारी गरेको चार बुँदे संविधान संशोधन मान्न नसकिने बताएका छन् ।

संशोधनको सरकारी प्रस्तावले मधेसको माग पूरा हुन नसकने भन्दै उनीहरले गठबन्धले बुझाएको २६ बुँदे मागअनुसार नै संविधान संशोधन हुनुपनेए जिकिर गरेका छन् ।

कांग्रेस, माओवादी र मधेसी मोर्चासहित संघीय गठबन्धनबीच भएको तीन बुँदे सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाको माग सम्बोधन गर्न संविधानको मुख्य चार विषयमा संशोधनको तयारी गरिरहेको  बेला मोर्चाका नेताहरुले त्यसलाई अस्वीकार गर्ने बताएको आजको राजधानी दैनिकमा समाचार छ ।

संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले चर्चा भए जसरी सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता भए त्यो कुने हालतमा आफूहरुले नमान्ने चेतावनी दिए ।

तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले गठबन्धनको २६ बुँदे मागअनुसार संविधान संशोधन हुनुपर्ने बताए ।