चेन्नईले दियो दिल्लीलाई १८० रनको लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

चेन्नईले दियो दिल्लीलाई १८० रनको लक्ष्य



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १८० रनको लक्ष्य दिएको छ ।

चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनायो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

आज दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा रहने लक्ष्यसहित मैदान उत्रिएका छन् । प्ले अफ पुगिसकेका दुवै टोली दबाब रहित मैदान उत्रने छन् । तर, दुवै टोली शीर्ष स्थानमा रहदै क्वालिफायर्स पुग्ने लक्ष्यमा हुनेछ ।

शीर्ष स्थानको दिल्लीको १२ खेलबाट १६ अंक रहेको छ । र, दिल्ली घरेलु टोलीलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ ।

यता, चेन्नई दिल्लीलाई हराएर शीर्ष स्थानमा फर्कन चाहन्छ । चेन्नईको पनि १२ खेलबाट १६ अंक रहेको छ । चेन्नई नेट रन रेटमा दिल्लीभन्दा पछि छ ।