२०७६ असार ३, मङ्लबार

च्यासलको फराकिलो जित

January 10, 2019
114 Views

धनगढी – भ्याली च्यासल युवा क्लबले तेस्रो नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत तेस्रो खेलमा दिल्ली फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ । च्यासलको जितमा विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गरे ।

बिहिबार धनगढी रंगशालामा च्यासलले खेलको१४ औं मिनेटमा अग्रता लिएको थियो । एल्भीसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अगाडि बढाए । ३१ औं मिनेटमा हेमन्त थापामगरले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भयो । ४० औं मिनेटमा सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक मन्दिपले बचाउन सकेनन् ।

दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दवाव कायम राख्यो । ६१ औं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४–० ले अगाडी बढाए । ७३ औं मिनेटमा अर्मान्डले प्रहार गरेको फितलो प्रहार गोलरक्षकले रोक्न नसक्दा च्यासल ५–० ले अगाडी बढ्यो । इन्ज्युरी समयको पहिलो मिनेटमा सन्त बहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को जित दिलाए । खेलको आरके कन्स्ट्रक्सन ’म्यान अफ द म्याच’ बनेका अर्मान्डले १० हजार रुपैयाँ प्राप्त गरे ।

यस जितसँगै च्यासलले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । च्यासलले अब रुस्लान थ्रीस्टारको सामना गर्नेछ । विजयी टोलीका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भएपनि डेब्यु गरेका फरवार्डले उत्कृष्ट प्रदर्शन गरेपछि जित सम्भव भएको बताए । पराजित टोलीका प्रशिक्षक बिएस मेहेराले पहिलो रोजाईका ६ खेलाडी भारतमा व्यस्त भएको हुँदा सोचेअनुरुप खेल्न नसकेको बताए ।

शुक्रबार हुने खेलमा रुपन्देहीको गोर्खा ब्वाइजले काठमाडौंको सीएमजी क्लब संकटाको सामना गर्नेछ ।

Facebook Comments

सम्बन्धित खवर

पत्रकारले भाषा बिगारे – प्र.म. ओली
राजनीति
shares3 views
राजनीति
shares3 views

पत्रकारले भाषा बिगारे – प्र.म. ओली

Himalpost Desk - २०७६, ३ असार १८:२७

काठमाडौँ – मङ्गलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले नै भाषा बिगारेको आरोप लगाएका…

फिर्ता भयो गुठी विधेयक
राजनीति
shares5 views
राजनीति
shares5 views

फिर्ता भयो गुठी विधेयक

Himalpost Desk - २०७६, ३ असार १७:००

काठमाडौँ -  व्यापक विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ। ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ बैसाख १७…

डोनल्ड ट्रम्पको सनक – खोक्नेलाई बाहिर खेदे(भिडियो)
अन्तराष्ट्रिय
shares7 views
अन्तराष्ट्रिय
shares7 views

डोनल्ड ट्रम्पको सनक – खोक्नेलाई बाहिर खेदे(भिडियो)

Himalpost Desk - २०७६, ३ असार १६:५१

काठमाडौँ –अनौठा व्यवहारका कारण चर्चामा रहने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्को एक घटना सार्वजनिक भएको छ । ट्रम्पले एक अन्तर्वार्ताका क्रममा…