आइपिएलमा दिल्लीको गतिलो हार
काठमाडौं- इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले पहिलो हार ब्यहोरेको छ । आज भएको खेलमा दिल्ली क्यापिटल्स राजस्थान रोयल्ससँग तीन विकेटले पराजित भयाे ।
टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४७ रन बनायो । दिल्लीको शुरुवात भने राम्रो रहन सकेन ।
ओपन पृथ्वी सा दुई रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि लगातार दिल्लीले विकेट गुमाएको थियो ।
अर्का ओपनर शिखर धवन पनि व्यक्तिगत नौं रन बनाएर पभेलियनको बाटो लागेका थिए । अजिंक्या रहाने पनि धेरै बेर टिक्न सकेनन् । उनी ८ रन बनाएर आउट भएका थिए ।
लगत्तै मार्कस स्टोनिस खाता नै नखोली आउट भएपछि दिल्ली दवाबमा आएको थियो । कप्तान ऋषभ पन्तले आक्रामक ब्याटिङ गर्दै अर्धशतक पुरा गरेका थिए ।
३२ बलमा ५१ रन बनाएका बेला पन्त रनआउटको शिकार भएका थिए । ललित यादवले २० रन बनाउँदा टम कुरानले २१ रनको योगदान गरेका थिए । क्रिस वोक्स १५ रनमा नटआउट रहँदा उनलाई कागिसो राबडाले ९ रन बनाएर साथ दिए ।
रविचन्द्र आश्विन ७ रनमा रनआउट भएका थिए । जयदेव उनादकटले तीन विकेट लिँदा मुस्तिफिजुर रहेमानले दुई विकेट लिए । दिल्लीले पहिलो खेलमा जित हात पारेको थियो भने राजस्थान पहिलो खेलमा पराजित भएको टिम हो ।
जवाफमा राजस्थान १९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । राम्रो सुरुवात गर्न नसकेको राजस्थानले १३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि उसको स्कोर ४२ रन हुँदा पाँच विकेट झरेको थियो ।
एक सय चार रन हुँदा सात विकेट खेर फालेको राजस्थानको जितमा डेविड मिलरले ६२ रन बनाए भने क्रिस मोरीसले ३६ रनको योगदान गरे । अरु खेलाडीले भने राम्रो खेल्न सकेनन् ।
बलिङमा दिल्लीको अभेस खानले तीन तथा क्रिस ओक्स र कागिसो राबाडाले दुई दुई विकेट लिए ।