चालक नै बन्दमा उत्रिएपछी यातायात ठप्प - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

चालक नै बन्दमा उत्रिएपछी यातायात ठप्प



इलाम । चालकहरुको बन्दले इलाम लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । सवारी नचलेका कारण यात्रुहरु गन्तव्य सम्म पुग्न नपाउँदा अलपत्र परेका छन् ।

मुलुकमा जारी भएको नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिक जस्तो गरेको भन्दै चालकहरुले सवारी साधन नचलाएका हुन् ।

भदौ १ गते देखि जारी भएको नयाँ ऐन कानुन अनुसार सवारी साधनको दुर्घटनामा ज्यान गएमा चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था गरेसँगै चालकहरु आक्रोशित भएका हुन ।

चालक समुहले असोज १ गते सवारीको चावी आफ्नो सवारीमालिकलाई बुझाउने र असोज २ गते सवारी अनुमतिपत्र संकलन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई फिर्तागर्ने कार्यक्रम एक अपिल मार्फत सर्वजनिक गरेको छ ।

बन्दका कारण इलाम बाट छट्ने लामा तथा छोटो दुरिका सवारीसाधन छुट्न सकेका छैनन भने बजार र स्कुल भने सन्चालन मात्रै रहेका छन् ।